तालिबानका प्रवक्ता सुहैल शाहीनले आफूहरूसँग जम्मू–कश्मीरका मुलसमानका लागि आवाज उठाउने अधिकार रहेको बताएका छन् ।

एक मसुलमान तर्फबाट भारतको कश्मीरमा या कुनै अन्य देशमा मुस्लिमको लागि आवाज उठाउने अधिकार आफूहरूसँग भएको उनको भनाइ छ । “हामीले आवाज उठाउँछौ र भन्छौँ कि मुसलमान तपाईको देशको जनता हुन्, नागरिक हुन् । तपाईको कानून अनुसार उनीहरू समान छन्,” उनको भनाइ छ । प्रवक्ता शाहीनले बीबीसीसँग कुरा गर्दै कुनै पनि देशविरुद्ध सशस्त्र अभियान चलाउने आफूहरूको नीति नभएको बताएको बीबीसी हिन्दीले जनाएको छ । -बीबीसीबाट