इटहरीः नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तरगत आउने भोलि (शनिबार) पेट र पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अभियान सञ्चालन हुने भएको छ ।
नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. मुकुन्दराज जोशीले फ्री ओपीडी सेवा दिने भएका हुन् । पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएका, पित्तथैलीको पत्थरी, पायल्स जस्ता समस्या भएकाहरुले समेत डा. जोशीको फ्री ओपीडीमा आएर स्वास्थ्य जाँच गराउनसक्ने अस्पतालले जनाएको छ । नर्भिकले केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा भोलि(शनिबार) डा. जोशी बिहान १० बजेदेखि १२ बजेसम्म ओपीडी सेवाका लागि अस्पतालमा उपलब्ध हुनेछन् ।