इटहरीः फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कम्पनीको आर्थिक वर्ष २०७७÷७८ सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश पाउने भएका छन् ।

कम्पनीले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशतको दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत गर्नुपर्ने र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गर्नुपर्ने हुन्छ । चुक्ता पूँजीे ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँ रहेको फस्र्ट माइक्रोफाइनान्सको पुँजी बोनस शेयर वितरणपश्चात् ९६ करोड ४४ लाख ९२ हजार ३२० रुपैयाँ पुग्नेछ ।