इटहरीः रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले संयुक्त अरव एमिरेट्स (यूएई) को अल अन्सारी एक्सचेञ्जसंग डिजिटल भुक्तानी सेवा अर्थात आइएमई पे वालेटमा डाइरेक्ट भुक्तानी गर्न सक्ने गरि पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ ।

अल अन्सारि एक्सचेञ्ज युएईमा सवैभन्दा बढी शाखा कार्यालय भएको कम्पनी हो भने आइएमईले लामो समयदेखि अल अन्सारीसंगको सहकार्यमा रेमिट्यान्स कारोबार गरिरहेको छ ।

यो समझदारी पछि युएइमा रहेका नेपालीले युएईको अल अन्सारी का २०० भन्दा बढी शाखा कार्यालयहरूवाट सिधै आइएमई पे वालेटमा पैसा पठाउने सक्ने भएका छन ।
नेपाल रास्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्राथमिकता दिइरहेको अबस्थामा आइएमईले यूएईमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ । यसले सेवाग्राहीहरूलाई अल अन्सारी एक्सचेञ्ज यूएईबाट पठाएको रेमिट्यान्स नेपालस्थित आईएमई पेमा सोझै प्राप्त गर्न सकिने छ ।

रोजगारीका वा व्यापार व्यवसायका लागि यूएई भरी छरिएर रहेका लाखौं नेपालीलाई सहज तरिकाले रेमिट्यान्स पठाउन र भुक्तानी लिन आइएमईले सजिलो बनाएको छ ।
नागरिकहरूले अल अन्सारी एक्सचेञ्जबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्ने गरि पैसा पठाउदा अल अन्सारिको शाखामा गई पैसा प्राप्त गर्नु पर्ने प्रापक को आइएमई पे वालेटमा रजिस्टर नेपालको मोबाइल नम्बर तथा नाम दिएर तुरुन्त पैसा पठाउन तथा नेपालमा भएका आफन्तले घर मै बसी बसी पैसा प्राप्त गर्न सकिने आइएमई युएईका प्रमुख उत्तम बस्नेतले जानकारी दिए ।
साथै पैसा प्राप्त गर्ने भरपर्दो माध्यम बनिरहेको आइएमई पे घरमा बसी बसी पैसा प्राप्त गर्न तथा सो रकम आफुले चाहेको बेला झिक्न तथा आइएमई पे एप मार्फत नै विभिन्न भुक्तानी सेवा , धारा बत्तिको भुक्तानी , इन्सुरेन्स प्रिमियम , मोबाइल रिचार्ज ,आइ एम इ पे को भर्चुवल भिसा काड मार्फत अनलाईन सपींग लगाएत बैंक खातामा रकमान्तर गर्न तथा पैसा पठाउन र झिक्न सकिने तथा आइएमई पे वालेटमै संचित रहेको अवस्थामा निश्चित रकमको निश्चित ब्याज पनि प्राप्त गर्न सकिने यूएई अधिकृत इश्वर अधिकारी बताउँछन् ।