विराटनगरः जीपी कोइराला फाउण्डेसन मोरङको आयोजनामा विराटनगरमा भएको एक कार्यक्रममा सहभागी हुन कोइराला पक्षधर ३ जना नेता विराटनगर आएका छन् । काङ्ग्रेस नेता सशाङ्क कोइराला, शेखर कोइराला र सुजाता कोइराला विराटनगर आएका हुन् ।

आफूूहरूमा कुनै विवाद नभएको जनाउन तिनै जना नेताले एउटै माला लगाएको बताइएको छ । नेताहरू किन विराटनगर आएका हुन् भन्ने बारेमा अहिलेसम्म औपचारिक जानकारी गराइएको छैन । कुनै पनि नेताले आफू आउनुको कारण भने बताएका छैनन् ।

बाबुराजा ओझा पुनः काङ्ग्रेसमै फर्किए

यसैबीच, नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सचिव बाबुराजा ओझा पुनः नेपाली काङ्ग्रेसमै फर्किएका छन् । २०७० सालको संविधान सभाको चुनावमा नेपाली काङ्ग्रेसबाट टिकट नपाएपछि ओझा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरी उम्मेद्वार बनेका थिए । सो चुनावमा उनी पराजित भएका थिए ।

baburaja jojha kangress prabes