विराटचोक/ आइतबार मोरङको सुन्दरहरंैचा नगरपालिकाको तेस्रो नगरसभाले आर्थिक वर्ष २०७५÷०७६ को लागि ७९ करोड ११ लाख ६३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

जसमध्ये नेपाल सरकारको सशर्त अनुदानबाट ४१ करोड ५२ लाख, आन्तरिक आयबाट ७ करोड ८५ लाख, प्रदेश सरकारबाट २ करोड ६३ लाख ४२ हजार, राजस्व बाँडफाँडबाट १३ करोड ३७ लाख, सामाजिक सुरक्षाबाट १५ करोड ९० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

पूँजीगत खर्चतर्फ सामाजिक विकासको लागि १ करोड ९९ लाख, पूर्वाधार विकासको लािग ४ करोड ५५ लाख, वातावरण तथा विपद व्यवस्थापनमा ५५ लाख, सार्वजानिक सेवा तथा क्षमता विकासको लागि ५९ लाख १८ हजार रुपैयाँ विनायोजन गरिएको उपमेयर धनमाया तामाङले बताइन् । त्यस्तै प्रकोप व्यवस्थापन विशेष कोषको लागि १ करोड, वातवरण विकास कोषको लागि १ करोड २५ लाख, गौरवका योजनामा १ करोड रुपैयाँ विनयोजिन गरिएको छ ।

नगरपालिकाले प्रत्येक वडाको लागि १ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरसभा कार्यक्रममा बोल्दै नगरप्रमुख शिवप्रसाद ढकालले सुन्दरहरैंचा नगरपालिकालाई विकासको बगैचाको रूपमा अगाडि बढाउने गरी बजेट ल्याइएको बताए ।