विराटनगर : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अाफ्नाे लडाइँ नेकपासँग भएकाे बताएका छन् । विराटनगर विमानस्थलमा अाज पत्रकारसँग कुरा गर्दै सभापति देउवाले अाफ्नाे ध्यान कम्युनिष्ट सरकारविरूद्द रहेकाे बताएका हुन ।
प्रतिस्प्रधिले के गरिरहेकाे छ भनेर उसकाे गतिविधि नियाल्दै जनताकाे मत तान्न केन्द्रित भएकाे बेला नेताहरू भने अाफु बिरूद्द उत्रिनु दुखद भएकाे बताएका छन् । उनले कांग्रेसलाई विधानअनुसार सञ्चालन गरेका कारण अाफु अप्ठ्यारोमा परेको पनि बताएका छन् ।
देउवाले देश अधिनायकवादीहरूकाे कब्जामा परेकाे भन्दै कम्युनिष्टहरूकाे मुठ्ठिबाट निकाल्नु पर्ने विचार व्यक्त गरेका छन् । उनले देश सर्वसत्तावादतर्फ उन्मुख भएकाे अाराेप पनि लगाएका छन् ।
देउवाले भाेली विहान ८ बजे विराटनगरमा कार्यकर्ता भेलालाइ सम्बाेधन गर्दैछन् ।