विराटनगरः नेपाली काङ्ग्रेसको प्रदेश भेला विराटनगरमा शुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भइरहेको कार्यक्रममा प्रदेश १ का काङ्ग्रेसका नेता र जनप्रतिनिधिहरूको उपस्थिति रहेको छ । यही मङ्सिर अन्तिम हप्ता बस्ने काङ्ग्रेसको महासमिति बैठकको सुझाव सङ्कलन गर्न भेला आयोजना गरिएको बताइएको छ ।

आज बिहान १० बजे शुरु भएको भेलामा महासमिति बैठकको राजनीतिक प्रस्तावमाथि मस्यौदा सुझाव सङ्कलन हुने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस मोरङले बताएको छ । जिल्ला सभापति डिगबहादुर लिम्बूले प्रदेश भेलामा ६ सय हाराहारी प्रदेशका काङ्ग्रेस नेता र जनप्रतिनिधिहरू सामेल भएको बताए ।