इटहरीः उर्लाबारी बजारमा आज आगलागी भएको छ । उर्लाबारी– ७ इटहरा मार्गका भक्तिराम अधिकारीको घरबाट आगो शुरु भएको प्रहरीले प्रदेश पोर्टललाई जानकारी दिएको छ ।

सो आगो नियन्त्रणको प्रयास जारी छ । आगो नियन्त्रणका लागि इटहरी उपमहानगरपालिका, दमक नगरपालिका र बिर्तामोड नगरपालिकाका वारूणयन्त्रले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको बताइएको छ ।

आगलागीको कारण र क्षतिको विवरण थाहा हुन नसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरी, स्थानीयवासी र वारूणयन्त्र आगो नियन्त्रण गर्न जुटेका छन् ।

तस्बिर स्राेतः पत्रकार सुदीप अधिकारी