इटहरीः दुहबीका व्यवसायी फिदा खानको हत्यापछि दुहबी बजार तनावग्रस्त बनेको छ । बिहानैदेखि बजारको अवस्था संवेदनशील रह्यो । मृतकका आफन्त र समर्थकले गृहमन्त्री रामबादुर थापाको उपस्थिति नहुञ्जेल शवको अन्तिम संस्कार नगर्ने बताएका छन् ।
अहिले बजार खुल्न सकेको छैन । सवारी साधन रोकिएका छन् । अति आवश्यकीय सवारीलाई मात्र दुहबी बजार हुँदै विराटनगरतर्फ जान दिइएको छ ।
Video Credit: Chandan Rauniyar.