बेलबारीः जिल्ला समन्वय समिति मोरङका सभापति नरेश पोख्रेलले प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगरलाई नबनाए प्रदेश संसदको सचिवालय सञ्चालन गर्न दिएको भवन पनि नदिने बताएका छन् ।
स्थायी राजधानी विराटनगरभन्दा बाहिर लैजाने भनी प्रदेश सरकारले निर्णय गर्यो भने हाल प्रदेश सभाको सचिवालाय भएको भवन १ मिनेट पनि प्रयोग गर्न नदिने उनले बताए । विराटनगरभन्दा बाहिर राजधानीको सम्भावना नरहेको भन्दै उनले बसपार्कमा त्रिपाल टाँगेर संसद बैठक नचल्ने बताए
विराटनगर बाहिर राजधानी सार्दा प्रदेश सरकारको ४ वर्षको बजेट सकिने पनि उनले बताए । विराटनगरलाई नै प्रदेशको स्थायी राजधानी बनाउने भनी लिखित सम्झौता भएको पनि उनले बताए । सम्झौतापछि मोरङ जिल्ला समन्वय समितिले सभाहल सहित २ वटा गाडी दिएको पनि उनले बताए । उनका अनुसार अहिले प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले चढ्ने गाडी जिससले नै उपलब्ध गराएको हो ।