इटहरीः प्रदेश १ नगरपालिका संघकाे प्रथम सम्मेलन इटहरीमा हुने भएको छ । शुक्रवार इटहरीमा हुने सम्मेलनमा प्रदेश एकका ४९ नगरपालिका उपमहानगरपालिका र नगरपालिकाबाट प्रमुख उपप्रमुख वडाध्यक्ष र वडा सदस्य गरी प्रत्येक नगर बाट ४ जनाको उपस्थित हुनेछ।
सम्मेलनमा कार्यसमितिले नगरपालिका संघमा हाल सम्म भएका प्रगति तथा कार्यको प्रतिवेदन बुझाउने छ । प्रतिवेदन बुझाए पछि आगामी कार्यदिशा तय गरिने प्रदेश १ नगरपालिका सङ्घका अध्यक्ष महेश बस्नेतले बताए ।
'समसामयिक परिस्थितिको बारेमा पनि व्यापक छलफल गर्ने तयारी छ', बस्नेतले भने 'स्थानीय सरकारको गल्ती पहिल्याउँदै प्रदेश र केन्द्र सरकारसँग संवैधानिक हकको बारेमा ताकेता गर्छौ ।'
शुक्रवार इटहरीकाे शुभारम्भ पार्टी प्यालेशमा हुन लागेको सम्मेलन प्रदेश १ सामाजिक बिकाशमन्त्री जीवन घिमिरे प्रमुख अतिथि रहने छन् ।