इटहरीः ‘गोर्खा वारियर–२’को बाँकी छायाँकन सिन्धुलीबाट सुरु भएको छ । बिहिबार सिन्धुलीको भद्रकाली मन्दिरमा पुजा गरेर बिहिबारबाटै त्यहाँ यो चलचित्रको छायाँकन सुरु भएको हो । चलचित्रको युनिट लिएर निर्माता निर्देशक मिलन चाम्स बिहिबार त्यहाँ पुगेका हुन् ।

गत बैशाख अघि यो चलचित्रको ४० प्रतिसत छायाँकन सम्पन्न भएको थियो । अब नेपालको बाँकी छायाँकन सिन्धुली र तनहुँमा गरिने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । यसअघि सोलुखुम्बु सहित नेपालका केही स्थानमा यो चलचित्रको छायाँकन गरिएको थियो । चलचित्रमा युद्धको छायाँकनका लागि आबस्यक पात्रका रुपमा गत महिना अडिसनबाट ३४ जना कलाकार चयन गरिएको थियो । ती सहित अहिले छायाँकनमा मुख्य अभिनेता रितेश चाम्स र विजय लामा रहेका छन् । गोर्खा वारियर २ मा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ ।

gurkha warrior shoor from sindhuli (3)

 

रितेस चाम्सले नवनायकका रूपमा यो चलचित्रबाट डेब्यु गर्दै छन् । यो चलचित्रको सिन्धुलीको छायाँकन सेड्युल करिब तीन साता राखिएको निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । सिन्धुलीमा चलचित्रका युद्ध लगायतका दृष्यहरु छायाँकन गर्न लागिएको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् । सिन्धुलीको सेड्युल सम्पन्न गरेपछि यो चलचित्रको युनिट बाँकी छायाँकनको लागि तनहुँ जाने भएको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई छन् । यो चलचित्रलाई सन २०२२ मै रिलिज गरिने छ । सिन्धुली र तनहुँको छायाँकन सेड्युल सकेर चलचित्रको युनिट बाँकी छायाँकनको लागि विदेश लाग्ने छ ।

gurkha warrior shoor from sindhuli (1)

बेलायत, भारत, मलेसिया लगायतका देशमा गोर्खा वारियर २ को छायाँकन गरिने छ । गोर्खा वारियर २ मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । चलचित्र गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले आफुले गोर्खा वारियर–२ छायांकन सुरु गरेको निर्देशक चाम्सले बताए । अब सिनेमा हलमा पनि गोर्खा वारियर २ रिलिज भएपछि मात्र गोर्खा वारियरको निर्माण सुरु हुने छ ।