इटहरीः इटहरीमा भइरहेको नेपाल नगरपालिका सङ्घ प्रदेश नम्बर १ को पहिलो भेलाले सङ्घको प्रदेश कार्यालय धरानमा राख्न प्रस्ताव गरेको छ । भेलाले अनुमोदनमा गरेमा सङ्घको कार्यालय धरानमा रहने बताइएको छ ।
सङ्घका अध्यक्ष महेश बस्नेतले भेलामा सङ्घको भावी कार्ययोजना प्रस्तुत गर्ने क्रममा सो प्रस्ताव गरेका हुन् । बस्नेतले प्रस्तुत गरेको भावी कार्ययोजनाको ८ वटा बुँदामध्ये १ नम्बर बुँदामा सङ्घको कार्यालय धरानमा स्थापना गर्ने र कार्यालय उपलब्ध गराउन धरान उपमहानगरपालिकालाई अनुरोध गर्ने उल्लेख छ ।
त्यस्तै, कार्यालयलाई आवश्यक पर्ने कर्मचारीमध्ये १ जना अधिकृत सङ्घले उपलब्ध गराउने र कार्यालय सहयोगीका लागि धरान उपमहानगरपालिकालाई अनुरोध गर्ने उल्लेख छ ।
कार्यालय सञ्चालन र कर्मचारी व्यवस्थापनको लागि केन्द्रीय समितिबाट प्राप्त हुने ३० प्रतिशत सदस्यता शुल्क र अन्य स्रोत जुटाइने उल्लेख छ ।