इटहरीः इटहरी उपमहानगरको प्रमुख प्रशासकीय भूमिकामा आएका नेपाल सरकारका सहसचिव छवि रिजाल ६ महिना नबित्दै सरुवा भएका छन् । जेठ आएका रिजालको मन्त्रालयमै सरुवा भएको बताइएको छ ।
रिजालले अघिल्लो आर्थिक वर्षको कार्यक्रम, प्रतिनिधि र सिस्टम बुझ्दाबुझ्दै असार बिताए । चालु आर्थिक वर्षको योजना बनाएका उनको अहिले योजना सञ्चालन गर्ने पिक चरणमा मन्त्रालयले सरुवा गरेको छ ।
‘यो पल्टको योजनाबारे धेरै कुरा उहाँ (रिजाल)लाई थाहा थियो । आउने आर्थिक वर्षसम्म मन्त्रालयले पनि सरुवा नगर्ने तयारी गरेको थियो तर स्थानीय तहलाई अप्ठ्यारो पार्ने गरी मन्त्रालयले सरुवा ग¥यो । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले भने, ‘योजना सञ्चालनको पिक टाइममा काम गर्न अप्ठ्यारो हुने भयो ।’