धरानः नेपाल तामाङ महिला घेदुङ, धरानको अध्यक्षमा प्रतिमा पाख्रिन चयन भएकी छिन् । नेपाल तामाङ महिला घेदुङ, धरानको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाख्रिन सर्वसम्मत चयन भएकी हुन् ।

समितिका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा गंगा योञ्जन, सचिवमा समा पाख्रिन, सह–सचिवमा तारा पाख्रिन, कोषाध्यक्षमा मीना योञ्जन चयन भएका छन् । त्यस्तै, सदस्यमा अरुणा तामाङ, शिरिमाया घिसिङ, शिरिमाया मोक्तान, गोमा गोले, चाँदमाया तामाङ, गंगा तामाङ, पूmलमाया मोक्तान रहेका छन् । दिलकुमारी योञ्जन, शोभा तामाङ, गीता गोले, इन्दिरा गोले, निशा पाख्रिन, निर्मला तामाङ र माया गोले पनि सदस्य छानिएका छन् ।
त्यसैगरी नेपाल तामाङ महिला घेदुङ, धरान ८ इकाइ पनि सर्वसम्मत चयन भएको छ । सो इकाइको अध्यक्षमा चण्डीमाया तामाङ, उपाध्यक्षमा शोभा बम्जन, सचिवमा सुष्मा पाख्रिन, सह–सचिवमा नम्रता पाख्रिन र कोषाध्यक्षमा कुमारी बल छानिएका छन् । सदस्यमा कमला तामाङ, सुमित्रा गोले, टीका बम्जन, अस्मिता पाख्रिन, चित्रा पाख्रिन र मीना बम्जन रहेका छन् ।
नेपाल तामाङ महिला घेदुङ, धरानका अध्यक्ष नन्दु पख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, जिल्ला अध्यक्ष सुरज पाख्रिन, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ, धरानकी अध्यक्ष चन्द्रकला प्रधान, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ, धरानका पूर्व अध्यक्ष रमला पाख्रिन, नेपाल तामाङ महिला घेदुङ, धरानका उपाध्यक्ष पञ्चमाया मोक्तान लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सचिव मुना योञ्जनले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मीना योञ्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मैतबहादुर गोले, १ नं. प्रदेश उपाध्यक्ष रामबहादुर ग्याबा, धरान नगर अध्यक्ष प्रेम वाइबालगायतको उपस्थिति रहेको थियो ।

mahila ghedung  (3)