इटहरीः लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान इटहरीमा पनि शुरु भएको छ । २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म हरेक वर्ष सो अभियान चल्ने गरेको छ । इटहरी उपमहानगरपालिका र महिला सञ्जाल इटहरीको संयुक्त आयोजनामा अभियान शुरु भएको हो ।

यस वर्षको अभियानको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ रहेको छ । १६ दिनको कार्यक्रमको लागि उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ ।

अभियानको पहिलो दिन आज बिहान ८ बजे उपमहानगरपालिकाबाट निस्किएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । उपमहानगरपालिकाको प्राङ्गणमा पुगेर सो र्याली कोणसभामा परिणत भएको थियो । र्यालीमा इटहरीका विभिन्न महिलाहरूको समूह, कलेजका विद्यार्थी, नगरपालिकाका कर्मचारी लगायत विभिन्न सङ्घसंस्थाको सहभागिता थियो ।

र्यालीपछि नगरपालिकामा आयोजित कार्यक्रममा उपमेयर गौतमले विभिन्न समयमा गरिएका प्रतिबद्धताका बाबजुद पनि देशमा महिला हिंसा बढ्नु र पीडितले न्याय नपाउनु गम्भीर विषय भएको बताइन् । कार्यक्रममा इटहरी नमुना कलेजका मानविकी सङ्कायका विद्यार्थीले महिला हिंसाविरुद्धको जनचेतनामूलक नृत्य समेत प्रस्तुत गरेका थिए ।

ryali itahari  (4) ryali itahari  (1) ryali itahari  (6) ryali itahari  (3) ryali itahari  (5) ryali itahari  (1) ryali itahari  (8) ryali itahari  (9)