इटहरीः पश्चिम नेपालमा झोलुङ्गे पुलको विकल्पमा तुइन भएजस्तै पूर्वी क्षेत्रमा भने घिर्नी (बोलीचालीको भाषामा घिर्लिङ) प्रचलनमा थिए । झोलुङ्गे पुलको निर्माणपछि यी घिर्नी विस्थापित भए पनि भोजपुर र सङ्खुवासभाका केही क्षेत्रमा भने अझै प्रयोगमा छन् ।

कतै झोलुङ्गे पुल बनेर यस्ता घिर्नी हटे । कतै अझै पनि हट्न सकेका छैनन् । अरुण नदीमाथि रहेका उदयपुरको बेलका र वराहक्षेत्र नगरपालिका जोड्ने घिर्नी अहिले बन्द भएको छ । भोजपुरको हतुवागढी गाउँपालिका र शहीदभूमि गाउँपालिका जोड्ने घिर्नी पनि प्रयोगहीन छ । धनकुटाको महालक्ष्मी नगरपालिका र भोजपुरको अरुण गाउँपालिकाबीचमा रहेको अरुण नदीमाथिको घिर्नी प्रयोगहीन अवस्थामा रहेको पनि लामो समय भएको छ । नदी वारपार गर्न प्रयोग हुने यस्ता घिर्नी झोलुङ्गे पुलको निर्माणपछि विस्थापित भएका हुन् ।

यस्ता घिर्नी बन्द भए पनि सप्तकोशीमा जेटबोटमा यात्रा गर्नेहरू र अक्करको भीरमा पैदल हिँडेर झोलुङ्गे तरेर बराहक्षेत्र आउनेहरूले यस्ता विस्थापित घिर्नीलाई पृष्ठभूमिमा राखेर तस्बिर लिने गरेका छन् ।

saptakosi tuin pradeshportal.com tuin pradeshportal.com arun tuin pradeshportal.com nepali tuin pradeshportal.com