इटहरीः असहाय नारी रक्षा समाजको १६ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । पकलीस्थित रामजानकी शान्ति वृद्धाश्रममा रहेका ७ जना ज्येष्ठहरूलाई साधारणसभामा अतिथिको रूपमा सम्मान गरिएको थियो ।
शोभा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम संस्थाकी सचिव गोमा उप्रेती गिरीले गरेकी थिइन् । आश्रमकी सबैभन्दा ज्येष्ठ लीलावती चौधरीलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गराई फरक ढङ्गले कार्यक्रमको उद्घाटन गरिएको थियो ।
क्रियाशील नेतृत्वको अभावमा वर्षाैंदेखि गुमनाम रहेको यो संस्थाले हालसालै नयाँ नेतृत्व पाएको छ । आगामी दिनमा असहाय, परिवारविहीन र रोगी नारीहरूलाई सहारा प्रदान गर्ने उद्देश्य राखी संस्थालाई पुनः जागृत गराइएको सदस्य गीता बरालले बताइन् ।
कार्यक्रममा उक्त आश्रममा रहेका ज्येष्ठहरूलाई फलफूल र अन्य खाद्यपदार्थका साथै नगद पनि प्रदान गरिएको बरालले बताइन् । आश्रममा आश्रित ज्येष्ठहरूले सामान तथा नगद सहयोग भन्दा पनि न्यानो साथको आवश्यकता रहेको बताएका थिए ।