दुहबीः दुहबीमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको क्याम्पेन फर ट्रान्सपरेन्सी समिति गठन भएको छ । १८ सदस्यीय समितिको
संयोजकमा अब्दुल अजीज रहेका छन् ।
शनिबार उपस्थित भेलाले रुद्रनारायण चौधरी, मुरलीप्रसाद अग्रहरि, सन्तु थापा, रेखादेवी साह, पल्टन भट्टाचार्य र त्रिलोकीप्रसाद साहलाई सदस्यमा छानेको छ । त्यस्तै जीवन थापा, उद्धव पौडेल, सेराजुल हक, सुमेश साह, अमित साह, मोहमद नइम, भुनेश्वर चौधरी, बलभद्र हलुवाई र पङ्कज साह सदस्य चयन भएका छन् ।
संस्थाको सल्लाहकारमा शंकर थापा र ओमप्रकाश रौनियार रहेका छन् । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका केन्द्रीय कार्य समिति सदस्य सीताराम अग्रहरिले पारदर्शिताले नै विकासको अधिकतम प्रतिफल आम नागरिकले पाउन सक्ने बताए ।