धनकुटाः सामान्यत गँड्यौला भन्नेबित्तिकै पmोहोरी जीव भनेर मानिसहरू यसबाट टाढै बस्न रुचाउँछन् । धेरैलाई थाहा नहुन सक्छ, गँड्यौलाका कारण घरबाट निस्कने पmोहोर घरमै व्यवस्थापन गर्न सकिन्छ । यसैलाई मध्यनजर गर्दै धनकुटा नगरपालिकाले नगरक्षेत्रमा गँड्यौलापालन अभियान सञ्चालन गरेको छ ।

घरबाट निस्कने कुहिने फोहोर घरैमा व्यवस्थापन गर्न तथा नगरमा करेसा र कौसीखेती प्रवद्र्धनका लागि धनकुटा नगरपालिकाले घरघरमा गँड्यौलापालन अभियान चलाएको हो । वातावरणमैत्री गँड्यौला पालनले स्रोतमै फोहोर व्यवस्थापन सजिलो मात्र भएको छैन, करेसा र कौसी खेतीका लागि मनग्गे प्राङ्गारिक मल पनि उपलब्ध हुन थालेको छ ।

धनकुटा– ७ जिरोप्वाइन्टकी यशोदा शाक्यले गँड्यौला पाल्न थालेको ५ वर्ष भइसक्यो । भान्छा र घरबाट निस्कने फोहोरमैला गँड्यौलालाई खुवाएर घरैमा कम्पोष्ट मल बनाउन सकिने थाहा पाएपछि उनीजस्तै धेरै गृहिणी कौसी खेतीप्रति आकर्षित भएका छन् । भान्सामा भएको फोहोर गँड्यौलालाई खुवाएर बनाएको मलबाट छतभरी साग, प्याज, लसुन, धनियाँ र रङ्गीबिरङ्गी फूल फुलाएकी छिन् शाक्यले ।

gadyeula dhankuta pradesh portal (1)

भान्छा र घरबाट निस्कने फोहोरमैला गँड्यौलालाई खुवाएर घरैमा कम्पोष्ट मल बनाउन सकिने थाहा पाएपछि धनकुटामा धरैले अहिले गँड्यौला पाल्न शुरु गरेका छन् । फोहोरको दीर्घकालीन व्यवस्थापन अभावमा हुने सम्भावित क्षति न्यूनीकरण गर्दै करेसाखेती कौसीखेती प्रवद्र्धनका लागि नगरका करिब ४ सय गृहिणीलाई गँड्यौला पालन तालिम र निःशुल्क बीउ गँड्यौला वितरण गरिएको धनकुटा नगरपालिकाले जनाएको छ ।

gadyeula dhankuta pradesh portal (3)

गँड्यौला पालनले फोहोरलाई स्रोतमै छुट्याउन मद्दत गर्नुका साथै ल्याण्डफिल साइटको आयुसमेत बढाएको धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल बताउँछन् । उनी भन्छन्, ‘अन्य नगरपालिकालाई फोहोर व्यवस्थापन गर्न धेरै समस्या छ तर हामी त्यो समस्यामा छैनाँै । हामीसँग फोहोर व्यवस्थापनको लागि ल्याण्डफिल साइट छ र त्यसको आयु बढाउन गँड्यौला पालन समेत शुरु गरेका छौँ । जसले ल्याण्डफिल साइटको आयु बढाएको छ । यही कारण हामी अहिलेको ल्याण्डफिल साइटलाई वर्षाैंसम्म प्रयोग गर्न सक्छौँ ।’

धनकुटा नगरपालिका गत आर्थिक वर्षमा देशकै सपmा नगरपालिका घोषित भएको थियो । सरसफाइको क्षेत्रमा देशका २ सय ६३ नगरपालिकालाई पछि पार्दै धनकुटा प्रथम बन्न सफल भएको थियो । पाँच वर्ष अघि देखि गरिएको यो अभ्यासको कारण पनि धनकुटालाई प्रथम हुन सहयोग पुगेको नगरपालिकाले जनाएको छ ।

gadyeula dhankuta pradesh portal (2)

फोहोर व्यवस्थापनको लागि यो विधि धेरै नै उपयोगी र वातावरणमैत्री भएकाले नगर क्षेत्रका सबै बासिन्दालाई गँड्यौला पालनमा प्रेरित गरिने नगरापालिकाका प्रवक्ता जमशेर राईले बताए । ९० प्रतिशत प्राङ्गारिक वस्तु र १० प्रतिशत माटो खाई सतहको मुनि बस्ने गँड्यौलाले खेतीको माटो समेत खुकुलो पार्छ ।

हरेक घरमा यसरी नै गँड्यौला पालन अनिवार्य गर्न सके नगरबाट निस्कने ३७ प्रतिशत फोहोरलाई घरैमा तह लगाउन सकिने प्राविधिक बताउँछन् । फोहोर व्यवस्थापन चुनौती भएका नयाँ गाउँ र नगरपालिकामा पनि धनकुटा नगरपालिकाले गरेको गँड्यौला पालनको अभ्यास गर्न सके केही हदसम्म पmोहोर व्यवस्थापन गर्न सहयोग पुग्ने धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङको सुझाव छ ।

gadyaule mal dhankuta (2)

-----------------------------------------------------------------------------------------------------------------------------------

1180x715