बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ लालझोडामा आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
आइतबार राती अन्दाजी ९ बजे आगो लाग्दा एकै परिवारका ४ जनाको सुतेकै स्थानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलिझिलेले जनाएको छ ।
आगलागीमा परी मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीया सुप्रिया खनाल तथा ३ महिनाका टीकाराम खनाल रहेका छन् । आगलागी के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सो घरमा आगो लाग्दा ग्यास पड्किएर छिमेकी गीता ढुङ्गेलसमेत सख्त घाइते भएकी र उनलाई उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।
.............................................................................................................................................................