बेलबारीः बेलबारी नगरपालिका क्षयरोगको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । बेलबारी नगरपालिकामा गत आर्थिक वर्षमा ८४ जना बिरामी भेटिएको तथ्याङ्क नगरले सार्वजनिक गरिएको छ ।
सर्ने खालको क्षयरोग अधिकांश रोगीमा भेटिएको बेलबारी नगरपालिकाका स्वास्थ्य संयोजक सन्तोष विश्कर्माले बताए । सरकारले क्षयरोगलाई न्यूनीकरण गर्ने अभियान थालिरहेका बेला बेलबारीमा क्षयरोगीको ठूलो सङ्ख्या फेला परेपछि नगरपालिकाले चासो देखाएको छ ।
अब बेलबारी ४ मा रहेको शहरी स्वास्थ्य केन्द्रमा ३ दिने माईक्रोस्कोप शिविर सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए । मंसिर १६, १७ र १८ गते माइक्रोस्कोप स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
क्षयरोग लागेका व्यक्तिका परिवारका सदस्यहरू तथा उपचार पूरा गरेकाहरूको माइक्रोस्कोप स्वास्थय शिविर मार्फत खकार परिक्षण गरिने नगरपालिकाले जनाएको छ ।
--------------------------------------------------------------------------------------------------------------------------------------