झापाः काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले पानीको महत्वलाई बुझेर यसको दुरुपयोग रोक्नुपर्ने बताए । अहिले ३ प्रतिशत मात्र पानी पिउनयोग्य रहेको बताउँदै उनले ९७ प्रतिशत पानी स्लाइनबाट नुनिलो बन्ने गरेको बताए । 

संस्थाका अध्यक्ष हर्कबहादुर लिम्बू फियाकले उद्घाटन सत्रको अध्यक्षता गर्दै सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले २४ घण्टा नै पानी वितरण गरिहेको उनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, पूर्व अध्यक्षहरूका तर्फबाट सूर्यप्रकाश उप्रेती, धुलाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीलगायतले आफ्नो धारणा राखेका थिए ।

सो अवसरमा संस्थाको रजत स्तम्भ समेतको उद्घाटन गरिएको छ । यसैगरी संस्थापक अध्यक्ष पदमबहादुर निरौलालाई मरणोपरान्त सम्मान गरिएको छ । पूर्व अध्यक्षहरू बुद्धिनाथ पौडेल, भवानी केरुङ, सूर्यप्रकाश उप्रेती र गोपाल तामाङलाई ताम्रपत्रसहित सम्मान गरिएको थियो । यसैगरी, २५ वर्षसम्म अनवरत सेवा दिएको भन्दै कर्मचारीहरू केशवप्रसाद पोखरेल, कृष्ण विश्वकर्मा, लक्ष्मीनारायण माझी, जीवन काफ्ले, नरबहादुर खड्कालाई जनही नगद ५\५ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

उत्कृष्ट कर्मचारी र नियमित महसुल बुझाउने ३ जना ग्राहकलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

..........................................................................................................................................................

1180x715