बिर्तामोडः आइतबार साँझ ९ बजे झापाको शिवसताक्षी–७ लालझोडामा भएको आगलागीमा परी मृत्यु भएका एकै घरका चारै जनाको शवको अवशेष फेला परेको छ ।

आज बिहान शवको अवशेष सङ्कलन गरेर परीक्षणका लागि मेची अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ । परिवारका सबै सुतेपछि आगो लागेको प्रहरीले अनुमान गरेको छ । आगलागीमा परी ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया श्रीमती राधिका खनाल, ४ वर्षीया छोरी सुप्रिया खनाल र ३ महिनाका छोरा टीकाराम खनालको जलेर मृत्यु भएको थियो ।

स्थानीयका अनुसार खनाल आफ्नै ट्याक्टर चलाउँथे । आइतबार साँझ अबेरसम्म खेत जोतेर उनी घर फर्किएका थिए । घर फर्केर खाना खाएर सुत्नासाथ आगो लागेको प्रहरीको अनुमान छ ।

आज बिहान आगलागीस्थलमा झापाको क्षेत्र नम्बर ४ का सङ्घीय सांसद एलपी साँवा, प्रदेश सांसद झलकसिंह दर्लामी, नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थाम्सुहाङलगायतको टोली पुगी घटनास्थलको निरीक्षण गरेको थियो ।

aaglagee (2)

aaglagika mritak (1) aaglagika mritak (2) aaglagika mritak (3)