इटहरीः

१. भगवान रामचन्द्रको निवासलाई के भनिन्छ ?

 – साकेत

 

२. थारु जातिद्वारा बडादशैंमा कृष्णको कथामा आधारित भै गरिने नाचगान के हो?

– सखिया

 

३. पृथ्वीनारायण शाहको मृत्युपश्चात कति जना रानीहरु सती गएका थिए ?

– ९ जना

 

४. ‘त्रयोदेशभुवन’ बौद्ध धर्ममा केसँग सम्बन्धित छ ?

– स्तुप

 

५. ‘फास्मुक बाजा’ कुन जातिले बजाउने बाजा हो ?

– लिम्बु

 

६. सुदूरपश्चिममा मनाइने ‘घाँसे संक्रान्ति’ कहिले पर्दछ ?

– असोज १

 

७. भगवान रामचन्द्रको बारेमा लेखिएको कृति ‘रामचरित्र मानस’ कुन भाषाको कृति हो ?

 – मैथिली

 

८. लोकप्रिय पप गायक माइकल ज्याक्सनको निधन कहिले भएको थियो ?

– सन् २००९ जुन २५

 

९. विश्व स्वास्थ्य संगठनले स्वाइन फ्लुलाई कहिले महामारीको घोषणा गर्यो ?

– सन् २००९ जुन ११

 

१०. सर्वप्रथम शान्ति तर्फको नोबेल पुरस्कार अस्विकार गर्ने व्यक्ति को थिए ?

– भियतनामका लि डक थो

 

११. साफ्टा (SAFTA) को घोषणापत्रमा कति धारा छन् ?

– २५ धारा

 

१२. नेपालमा कथा दिवस कहिले मनाईन्छ ?

– चैत्र ११

 

१३. ‘फ्युहरर’ कुन विश्वप्रसिद्ध ब्यक्तिको उपनाम हो ?

- एडोल्फ हिटलर

 

१४. हिन्दु धर्मशास्त्र अनुसार सबैभन्दा पहिला कसको मृत्यु भएको थियो ?

- यमराज

 

१५. गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिमा डा. रामवरण यादव कहिले निर्वाचित भएका हुन ?

– वि.स. २०६५ श्रावण ८ गते

 

१६. नेपाल वायुसेवा निगमको स्थापना कहिले भएको हो ?

– वि.स. २०१६ आषाढ १७ गते

 

१७. कुन संवैधानिक निकायले राष्ट्रपतिलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाउनु पर्दैन ?

– निर्वाचन आयोग

 

१८. नेपाल अधिराज्यको संविधान २०१५ को संविधान मस्यौदा समितीका अध्यक्ष को थिए ?

– भगवती प्रसाद सिंह

 

१९. बेलायतको गौरवमय क्रान्ति (रक्तहिन क्रान्ति) क-कसको बीचको शक्ति संघर्ष थियो ?

– राजा र संसद

 

२०. नेपाली कला विकासको उत्कर्षकाल कुन समायावधिलाई मानिन्छ ?

– १३ औ शताब्दी