विराटनगरः रक्षामन्त्री इश्वर पाेख्रेलले सरकारले गरेका कार्यकाे परिणाम देखिन समय लाग्ने बताएका छन् । केहि बेर अघि विराटनगर विमास्थलमा पत्रकारसँग कुरा गर्दै पाेख्रेलले रक्सिकाे जस्ताे झट्टै परिणाम नदेखिने भन्दै दुध खाए जस्ताे विस्तारै परिणाम देखिने तर्क गरेका हुन् ।

सरकार अाँफैले गरेका निर्णयबाट पछि हटेकाे भन्ने संचारकर्मीकाे जिज्ञाशामा उनले  सरकारले प्रफर्मेन्स देखिने गरि काम गर्न शुरू गरेकाे जवाफ दिएका छन् । 'याेजना बनाएर मात्र हिंड्नु पर्याे ।' उनले भने, 'कामकाे परिणाम देखिन केहि समय लाग्नसक्छ ।'

पार्टिकाे कार्य विभाजन बारे असन्तुष्ट रहेका २१ सदस्यकाे धारणा बारे  प्रक्रियासंगत असन्तुष्टि नभएकाे जिकिर गरे । उनले सबै विवाद पाटिकाे बैठकबाटै हल हुने भन्दै पाटि एक ढिका भएर अघि बढ्न कुनै कुराले नछेक्ने स्पष्ट पारे । 

ishwar pokharel pradesh portal (2)

पाेख्रेल भाेली विराटनगरकाे विरेन्द्र सभागृहमा हुने लैंगीक हिँसा सम्बन्धि कार्यक्रममा सहभागी हुन महिला वालवालिका तथा समाज काल्याण मन्त्री थममाया थापासहित विराटनगर अाइपुगेका हुन ।