विराटनगरः विराटनगर महानगरपालिकाका मेयर भिमप्रसाद पराजुलीले वातावरण जाेगाउने दायित्व मानिसकाे रहेकाे भन्दै जिम्मेवार बन्नुपर्ने बताएका छन् । सोमवार भएको प्लाष्टीकजन्य वस्तु तथा प्लाष्टीकको झोला नियमक तथा नियन्त्रण अभियान अन्तरक्रिया कार्यक्रममा बोल्दै पराजुली सहकार्य र समन्वय गरेर अगाडि बढ्न सके विराटनगरलाई प्लाष्टीकमुक्त महानगरपालिका बनाउन सकिने दाबि गरे । 

उनले बजारमा किनमेलका लागि जाँदा प्लास्टिकजन्य झाेला भन्दा कपडाकाे झाेला बाेक्न अाग्रह गरे । बजारबाट माटाे र वातावरणका लागि घातकसिद्द भएका प्लास्टिकका झाेला घरसम्म ल्याउनु भन्दा हाट,बजार जाँदा अाँफैले झाेला बाेकेर जानुपर्ने तर्क गरे । 

'वातावरण संरक्षणकाे दायित्व सचेत मानवमाथि रहेकाे छ' उनले भने 'जिम्मेवार मानिसले साेहिअनुसार भुमिका खेल्नुपर्छ ।'

पराजुलीले पहिलो पटक वार्ड नं ३ बाट प्लाष्टिक मुक्त क्षेत्र बनाउने घोषणा समेत गरे। उनले क्रमश महानगरलाई प्लाष्टिकमुक्त क्षेत्र बनाउन पहल गरिने जानकारी दिए । 

२० माइक्रोन भन्दा तलको प्लाष्टीकको झोला स्वास्थ्यका लागि अति नै हानिकारक भएकोले बोक्न प्रतिबन्ध लगाउनु पर्ने सहभागीहरुले बताएका थिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे विराटनगर महानगरपालिकाका वातावरण शाखा प्रमुख अनिता कोइरालाले प्लाष्टीकजन्य फोहर व्यवस्थापनमा चुनौतीका रुपमा रहेको बताइन् । उनले विराटनगरमा दैनिक १ सय ५७ मेट्रिक टन फोहर उत्पादन हुने जानकारी दिइन ।