ओखलढुङ्गाः ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाको सुर्केकाप्तिमा जङ्गलवी च्याउ खाएर एक ४ वर्षीय बालिकाको मृत्यु भएको छ ।
स्थानीय ग्यालु शेर्पाले घरमा सुकाएर राखेको जङ्गली च्याउ खाँदा सोमबार बिहान उनकी छोरी ४ वर्षीया निमा याङ्जी शेर्पाको सोही दिन दिउँसो ४ बजेको समयमा घरमै मृत्यु भएको थियो । सोही च्याउ खाएका घरका अन्य ४ जना पनि बिरामी भएको प्रहरीले बताएको छ ।