पथरीः मोरङको पथरीशनिश्चरे–१० स्थित पूर्वपश्चिम राजमार्गमा मङ्गलबार राति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्व जाँदै गरेको बा ६४ प १९९१ नम्बरको मोटरसाइकललाई को १ ख ५७५२ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मेचीनगर–१४ धाइजन झापाका ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो ।

राजवंशीलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरलाई नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।