इलामः इलामको जोगमाई–६ तारगाउँमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बुधबार बिहान ११ बजेको समयमा घरमै बिजुलीको तार जोड्ने क्रममा अचानक उनलाई करेन्ट लागेको बताइएको छ ।

करेन्ट लागी घाइते भएका २४ वर्षीय रामचन्द्र सुवेदीको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।