बेलबारीः मोरङको बेलबारी–७ बाहुनीमा घरमा बालेको कुपी बत्तीबाट जलेर घाइते भएकी ३ वर्षीया बालिकाको मृत्यु भएको छ ।
बुधबार साँझ नवलकिशोर चौधरीकी ३ वर्षीया छोरी निकितालाई कुपीको बत्तीले पोलेको थियो । खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीले पोल्दा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बुधबार राति साढे १ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए ।