सोलुखुम्बुः सोलुखुम्बुको महाकुलुङ–३ छेस्कामको वडा कार्यालयको काम वडाध्यक्षले झोलाबाटै सञ्चालन गर्ने गरेका छन् ।

सो वडाको आफ्नै भवन भए पनि महिनौँसम्म कार्यालय बन्द रहने गरेको स्थानीय बताउँछन् । सेवाग्राहीले वडाध्यक्षसँग फोन सम्पर्क गर्ने र जहाँ भेटियो त्यहीँ सेवा दिने गरेको स्थानीय बताउँछन् । आफ्नै वडा कार्यालयको भवन भए पनि झोलाबाट सेवा प्रदान गरिनु लज्जास्पद भएको स्थानीय बताउँछन् ।

वडाध्यक्ष डेकबहादुर राई भने आफूले कार्यालय समयभन्दा बाहिर पनि सेवा दिइरहेको विषयलाई बङ्ग्याएर प्रचार गरिएको बताउँछन् । वडा सचिव स्वास्थ्यका कर्मचारी भएकाले पनि आफूले झोलामार्फत् नै सेवा दिनुपरेको उनले बताए ।