झापाः उद्योग वाणिज्य सङ्घ गौरीगञ्जको भवन निर्माण गरिने भएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बुधबार सो सङ्घको भवन शिलान्यास गरेका छन् ।

सो भवन निर्माणका लागि युवा व्यवसायी केशवकुमार अग्रवालले सङ्घलाई गौरीगञ्ज–३ को १ कठ्ठा जग्गा दान दिएका थिए । हाल गौरीगञ्ज गाउँपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएपछि भवन निर्माण शुरु गरिएको सङ्घले जनाएको छ ।