गाईघाटः जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजनामा उदयपुरको पश्चिम पहाडी क्षेत्रको ताप्ली गाउँपालिकाको रुपाटारमा सञ्चालन भएको २ दिने घुम्ती शिविरबाट ३ सय ९२ जनाले नागरिकता लिएका छन् ।

त्यस्तै, १ सय जनाभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । त्यस्तै, २ सय १९ जनाले साधारण स्वास्थ्य सेवा लिएको बताइएको छ । शिविरबाट १ हजार जनाभन्दा बढीले सेवा लिएको ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताए । शिविर मङ्गलबार र बुधबार सञ्चालन भएको थियो ।