बिर्तामोडः झापाको बिर्तामोड नगरपालिकाले विभिन्न २० वटा कार्यविधि तथा निर्देशिका पारित गरेको छ ।

नगरपालिकाले दिएको जानकारी अनुसार विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, स्थानीय तह स्वास्थ्य संस्था, दर्ता, अनुमति तथा नवीकरण निर्देशिका, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत कार्यविधि पारित भएका छन् । त्यस्तै, उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि, टोल विकास संस्था सञ्चालन कार्यविधि, खेलकुद विकास निर्देशिका, सूचना तथा सञ्चार कार्यविधि पनि पारित भएको जनाइएको छ ।

विद्युतीय हाजिरी प्रणाली प्रयोग गर्ने कार्यविधि, नगर प्रहरी गठन तथा सञ्चालन कार्यविधि, श्रमिक सञ्चालन कार्यविधि, करारमा प्राविधिक कर्मचारी व्यवस्था गर्ने कार्यविधि पनि नगरले पारित गरेको छ । बजार अनुगमन निर्देशिका, सवारीसाधन परिचालन र व्यवस्थित गर्न बनेको कार्यविधिलगायत कृषि, पशुसेवा सञ्चालनसम्बन्धी कार्यविधि पारित गरी लागू गरेको बताइएको छ ।

त्यस्तै, मिडिया क्षेत्रको विकास र सञ्चारकर्मीको हितका लागि सूचना तथा सञ्चार कार्यविधि लागू भएको बताइएको छ ।