इटहरीः सरकारले भोली बिहीवार (फागुन १९ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को फागुन १६ गते बसेको बैंठकले ग्याल्बो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

गृह मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गरी फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक बिदा दिने उल्लेख गरेको छ ।