धरानः धरान–१७ रेल्वे चोकमा बिहीबारबाट अदिता ज्वेलरी सञ्चालनमा आएको छ । सञ्चारकर्मी अनिता रसाइलीले १ करोडको लगानीमा ज्वेलरी सञ्चालनमा ल्याएकी हुन् ।
ज्वेलरीको उद्घाटन प्रदेश १ की सांसद उमिता बराइलीले गरिन् । सञ्चालक अनिताले व्यवसाय र पत्रकारिता दुवैलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताइन् । कार्यक्रममा १७ नम्बर वडाका वडाध्यक्ष मनोज भट्टराईलगायतको उपस्थिति रहेको थियो ।