इटहरी: प्रादेशीक समाचारलाई प्राथमिकता दिंदै आएको ‘प्रदेश पोर्टल डटकम’ को औपचारीक सुरुवात भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश पोर्टलको वेवसाइट खोलेर औपचारिक सुरुवात गरेका हुन । इस्ट टुरीजमइभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रा.ली.को नाममा संचालित प्रदेश पोर्टल पहिलो प्रादेशीक अनलाइन हो ।
इटहरीस्थित इटहरी ब्याङक्वीटमा एक कार्यक्रमको आयोजना गरी प्रदेश पोर्टलको औपचारीक सुरुवात भएको हो । कार्यक्रम उद्धघाटनमा बोल्दै मुख्यमन्त्री राईले लोकतान्त्रीक उपलब्धिको कार्यान्वयन गर्न प्रदेश पोर्टलको महत्वपुर्ण भुमीका रहने बताए । संघियताको मर्म र भावनालाई बुझ्ने पहिलो मिडिया भएकोले आफु धेरै हर्षित भएको उनको भनाई थियो । ‘केन्द्रीकृत मानसीकताबाट माथी उठेर संघियताको रचनात्मक कार्यन्वयनमा जोड दिन प्रदेश पोर्टलले चालेको कदम सराहनीय रहेको छ ।’ उनले भने ।
‘मिडिया शक्ती र सक्ताको पक्षपाती नभइ रचनात्मक प्रतिपक्षी भएकोले त्यो भुमीका निर्वाह गर्न प्रदेश पोर्टल पारीवारलाई आग्रह गर्दछु ।’ उनले भने– ‘सुचना र संचार समयानुकुल अगाडी बढ्नुपर्छ । प्रबिधिको दुरुपयोग गर्दै कसैको मानहानी गर्ने काममा मिडिया लाग्नु हुँदैन त्यसले अनलाईन प्रतिको बिश्वशनियता घटाउँछ ।’
आफु संचार मन्त्री हुँदा धेरै काम गरेको स्मरण गर्र्दै उनले प्रदेश पोर्टलको सफलताले सम्पुर्ण प्रदेशको सफलता झल्काउने बताए । प्रदेश सांसदको तर्फबाट बोलेका प्रदेश सांसद सर्वध्वज सावाँले प्रितपत्रकारीताले समाज आतंकित बनाउँदै गएको भन्दै प्रदेश पोर्टल त्यसबाट टाढा रहेको महसुुस आफुले नगरेको बताए । अबको समय भ्रष्टाचारको बिरुद्धमा कलम चलाउने समय भएकोले त्यसमा प्रदेश पोर्टलले ध्यानदिन जरुरी रहेको उनको भनाई थियो ।
स्थानीय सरकारको तर्फबाट आफ्नो धारणा राख्दै बिराटनगर महानगरपालिकाका मेयर भिम प्रसाद पराजुलीले प्रदेश पोर्टलको टिम आँफैमा राम्रो रहेको बताए । आफु पनि पत्रकारीताबाट नै राजनितिमा आएकोले पत्रकारको दुख बुझेको उनको भनाई थियो ।
अनौपचारीक सुरुवातमै प्रदेश पोर्टलले पाएको सफलताको चौतर्फी प्रशंसा भएको पाइयो । पत्रकार महासंघ प्रदेश नं १ का प्रमुख बिक्रम लुइटेलले संचार क्षेत्र र स्थानीय सरकार बिचको समन्वयात्मक भुमिका आवश्यक रहेको औल्याए । जनताको संचार क्षेत्रप्रतिको पहँुच बढ्दै गएको कारण स्वच्छ पत्रकारीतामा ध्यानदिन उनले आग्रह गरे । प्रदेशपोर्टलले छोटो समयमा गरेको प्रगतीले आफु खुसी भएको उनको भनाई थियो ।
प्रदेश पोर्टलले प्रदेशका समाचार लाई विश्वस्तरीय बनाउने प्रदेश पोर्टलका प्रधान सम्पादक राजेश विद्रोहीको भनाई थियो । केन्द्रीय मिडियामा प्रदेशका बिषय ओझेलमा पर्ने भएकोले प्रदेशका ईस्युमा काम गर्न प्रदेश पोर्टल संचालनमा आएको बताए ।
प्रदेश पोर्टलको औपचारीक सूरुवातले पुर्वका व्यवसायीलाई पनि उर्जा थपेको व्यवसायी टंक दुलालको भनाई थियो । युवाहरुको उजार्शील टिमले पूर्वमा सुरुवात गरेको प्रदेश पोर्टलले निष्पक्ष र पारदर्शी समाचार सम्प्रेषण गर्नेमा आफु विश्वस्त रहेको उनको भनाई थियो ।
प्रदेश पोर्टलका अध्यक्ष जीवन पराजुलीले जिम्मेवार संचारमाध्यमको रुपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
तस्बिरहरूः बुलेट खतिवडा