झापाः झापाको मेचीनगर–६ का विभिन्न स्थानबाट प्रहरीले ६० हजार बराबरको अवैध सामान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा भन्सार छली ल्याएको सुख्खा सुपारी, हरियो मटर तथा हार्डवेयरका सामान बरामद गरेको हो । बरामद भएको सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइएको सो कार्यालयले जनाएको छ ।