इटहरीः शुक्रबार होलीको दिन लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई घरमै पुगेर यौन दुव्र्यवहार गरेका थिए । रङ खेल्दै ती शिक्षक छात्राको घर पुगेका थिए । रङ खेल्ने क्रममा उनले छात्राको संवेदनशिल अङ्गमा हात लगाएको आरोप छ ।

शनिबार पीडित छात्राको अभिभावकले शिक्षकले गरेको व्यवहारको विषयमा प्रअलाई जानकारी गराए र आइतबार विद्यालयमा छलफल राख्ने सहमति बनेको थियो । यता शिक्षकले बिद्यालयकै छात्रालाई यौन दुव्र्यवहार गरेको हल्ला विद्यालयमा क्षणभरमै फैलियो ।

आइतबार दिउसो आरोपित शिक्षकलाई बोलाएर छात्राको अभिभावकबीच विद्यालय तर्फबाट छलफल गराइएको थियो ।
तर विद्यालय बाहिर विद्यार्थी र स्थानीयहरूको भिडले शिक्षक विरुद्ध नाराबाजी गर्न थाले । यसै क्रममा आक्रोशित विद्यार्थीले यौन दुव्र्यवहार गर्ने शिक्षक पौडेलको मोटरसाइकल तोडफोड गदै आगो लगाए ।

प्रअको कोठामा छलफल भइरहदा बाहिर बिद्यार्थीसगै स्थानियहरुको ठुलो भिड जम्मा भइसकेको थियो । प्रदर्शनले उग्र रूप लिन थालेपछि इलाका प्रहरी कार्यालय लेटाङले थप मद्दतको लागि जिल्ला प्रहरी कार्यालय मोरङसँग सहयोग माग्यो ।
भित्र छलफलबाट यौन दुव्र्यवहार गर्ने शिक्षकलाई प्रहरीकहाँ बुझाउने सहमति बन्यो । तर बाहिर तोडफोड र आगजनी हुन थालेपछि मोरङका एसपी जनार्दन जिसी थप प्रहरीको मद्दत लिएर विद्यालय पुगेको थियो ।

275889102_376421634330707_4549163183000035779_n

कानूनी कारबाही गर्नको लागि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लेटाङ लैजान खोजेपछि प्रर्दशनकारी र प्रहरीबिच विद्यालय परिसरमै तनावको स्थिति बन्न पुग्यो । सो क्रममा प्रहरीले आक्रोशित विद्यार्थीमाथि सामान्य लाठीर्चाज गरेको थियो । स्थिति झनै उग्र बन्दै गएपछि मोरङ प्रहरीले १ नं प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट ५० जनाको थप मद्दत झिकाएको थियो । यही प्रहरी टोलीमा प्रहरी जवान उर्मिला श्रेष्ठसमेत लेटाङ पुगेकी थिइन् ।

प्रहरीको संख्या बढाइएपछि यौन दुव्र्यवहार गर्ने शिक्षकलाई विद्यालयबाट निकालेर प्रहरी कार्यालय लैजाने क्रममा विद्यालय अगाडि प्रर्दशनकारी विद्यार्थी र प्रहरीबिच पुर्न झडप भएको थियो । प्रहरीले गाडीमा राखेर शिक्षकलाई प्रहरी कार्यालय लगेपछि आक्रोशित विद्यार्थी र स्थानियको समूहले पछाडि रहेको प्रहरीमाथि आक्रमण गर्यो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार राती ७ं।३० मा प्रहरीले विद्यालयबाट शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीको टोली फर्किएपछि अन्तिममा रहेका प्रहरीमाथि आक्रमण भएको हो ।
‘गाडीमा रहेका प्रहरी हिँडेपछि पैदल रहेका प्रहरीमाथि अन्धाधुन्ध आक्रमण भयो’ स्थानीय प्रत्यक्षदर्शी भन्छन्, ‘प्रहरीमाथि आक्रमण गर्ने केही विद्यार्थीको पोशाकमा थिए कोही नयाँ अनुहारका थिए । उनीहरूको हातमा रड, खुकुरी, भाला र पेट्रोल बम थियो ।’

प्रहरीमाथि आक्रमण गर्नेहरू प्राय २० देखि २५ उमेर समूहका थिए र उनीहरू अत्याधिक नशामा थिए । आक्रमणकारी केही युवाहरू रक्सी पिउदै हिँडेका पनि थिए । अराजक समूहले प्रहरीलाई लखेटी लखेटी आक्रमण गरे ।

विद्यालयबाट शिक्षकलाई बाहिर निकाल्न खोज्दा आक्रोशित समूहले शिक्षकलाई जलाउन समेत खोजेका थिए । त्यस क्रममा पेट्रोल बम प्रहरी नजिकै खसेको थियो ।
महिला प्रहरीमाथि पनि यही समूहले आक्रमण गरेको थियो । उनलाई छुरा वा खुकुरी जस्तो देखिने धारिलो हतियारले घाँटीमा प्रहार गरिएको छ । महिला प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले आत्मरक्षाको लागि गोली चलाएको थियो । गोली लागेर केही प्रदशनकारी घाइते भएका छन् ।१ नं प्रदेश प्रहरी प्रमुख डिआईजी अरुण बिसीका अनुसार अन्य प्रहरीको हताहती हुन नदिन गोली चलाएको बताए ।

‘हामीले अत्यन्त संयम भएर शिक्षकलाई प्रहरी कार्यालय ल्यायौ, यो क्रममा प्रर्दशनकारीको ढुग्गा लागेर धेरै प्रहरी घाइते भइसकेका थिए’ बिसीले भने, ‘पछाडि बाँकी रहेका प्रहरी टोलीमाथि एक्कासि आक्रमण भयो।’

‘प्रहरीको जिम्मेवारी जस्तोसुकै दोषीलाई सहि सलामत कानूनी कठघरामा उभ्याउनु हो, प्रर्दशनकारीले शिक्षकलाई जिउदै जलाउने खोजेका थिए ।’ ‘हामीले त्यो अप्रिय घटना हुनबाट जोगायौ’ डिआइजी बिसी भन्छन्, ‘दुवै पक्षलाई जोगाउने क्रममा हाम्रो एक महिला प्रहरीको मृत्यु भयो।’ ‘पछाडि रहेका प्रहरीमाथि पनि धारिलो हतियारबाट आक्रमण हुन थालेपछि हामीले गोली चलाएका हौ ।’

275306815_537924110979118_818230443444658047_n

प्रदर्शनकारी मापसे गरेर आएका कारण माहोल उत्तेजीत बनेको डिआइजी बिसीको निष्कर्ष छ । प्रहरीको ज्यान जाने गरि भएको घटनामा छानबिन गरिने र दोषीलाई कारबाही हुने बिसीले बताए ।

डिआइजी बिसीका अनुसार घटनामा २९ जना प्रहरी घाइते मध्य १४ जना उपचार गरि फर्किएको र बाँकी १५ जनाको उपचार भइरहेको छ । १५ जना मध्ये एक जना सई साँव र एक महिला प्रहरी गम्भीर अबस्थामा उपचार भइरहेको छ । घाइतेको मोरङको विभिन्न अस्पालमा उपचार भइरहेको छ ।

‘अहिले कफ्र्यु आदेश जारी गरिएको छ । प्रहरीमाथि आक्रमण गर्नेलाई पक्राउ गर्नको लागि ‘सर्च अभियान’ चलाएका छौ’ बिसीले भने, ‘केही पक्राउ परिसकेका छन् ।’ प्रहरी स्रोतका अनुसार लेटाङमा अहिले झण्डै ४ सय प्रहरी परिचालन गरिएको छ ।