दुहबीः किरात राइ यायोक्खा प्रारम्भिक कार्यसमिति दुहबीको चौथो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनको बन्द सत्रमा पुरानो कार्यसमिति विगठन गरी सर्वसम्मतका साथ नयाँ कार्यसमिति गठन गरिएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा ज्ञानबहादुर राई, उपाध्यक्षमा धनबहादुर राई, सचिवमा दर्शन राई, सह–सचिवमा मीना श्रेष्ठ राई र कोषाध्यक्षमा मीना राई चयन भएका छन् ।
यसैगरी, सदस्यमा जानुका राई, विमल राई, कृष्णा राई, मुना राई, सुलभ राई र प्रताप राई चयन भएका छन् । अधिवेशनमा किराया दुहबीका पूर्व सचिव भीमशंकर राईले आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खा सुनसरीका जिल्ला उपाध्यक्ष नगेशचन्द्र राईले यायोक्खा समितिले राई जातिको उत्थान तथा आफ्नो मौलिक परम्पराको जगेर्ना गर्दै विभिन्न सामाजिक काममा सहयोग गरिरहेको बताए ।