झापाः झापाको झापा गाउँपालिका वडा नम्बर ६ मा रहेको सानो माई खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

शनिबार साँझ पौने ६ बजेको समयमा सानो माई खोलामा माछा मार्न गएका झापा–६ का २५ वर्षीय विक्रम भुजेलको मृत्यु भएको हो ।

बिजुलीको पोलबाट करेन्ट तानी माछा मार्ने क्रममा उनी आफैँलाई करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटी गई कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।