इटहरीः नेपाली संस्कृति अपनाएका विदेशीहरूले इटहरीमा आफ्नो सांस्कृतिक प्रस्तुति दिनु अगाडि र्याली निकालेका छन् । दिउँसो १२ बजे शुरु भएको र्यालीले नगरपरिक्रमा गरेको छ । राधाकृष्ण मन्दिर, इटहरी हस्पिटल रोड, जनता स्कुल, दीपेन्द्र चोक, मेन रोड हुँदै र्याली अहिले रिजाल्स भिजन पुगेको छ ।

नेपाली संस्कृतिको बारेमा प्रवचन दिन र विभिन्न सांस्कृतिक प्रस्तुति दिनलाई विभिन्न देशका कलाकार इटहरीमा आइपुगेका छन् । सांस्कृतिक प्रवचन दिन बेलायतबाट र सांस्कृतिक नृत्य प्रस्तुत गर्न ब्राजिल र रसियाबाट कलाकारहरू इटहरीमा आएका छन् ।

हरेकृष्ण आध्यात्मिक प्रतिष्ठान इटहरीको आयोजनामा भएको कार्यक्रम भएको हो । कार्यक्रममा स्थलमा निःशुल्क प्रवेश हुने यो सांस्कृतिक कार्यक्रमलाई आयोजकले ‘नेपाली संस्कृति, विदेशी प्रस्तुति’ नाम दिएका छन् । कीर्तन, नृत्य, पुस्तक मेला र प्रसादग्रहण लगायतका अन्य कार्यक्रमहरू पनि सो कार्यक्रममा समेटिएका छन् । इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्ससनेस (इस्कन)ले कार्यक्रम आयोजना गरेको हो ।