दुहबीः मारवाडी युवा मञ्चको छैटौं पदस्थापन सुनसरीको दुहबीमा सम्पन्न भएको छ ।

कार्यक्रममा नयाँ कार्यसमितिलाई बधाइ तथा शुभकामना दिइएको थियो । मञ्चको नयाँ कार्यसमितिको नेतृत्व मुकेश अग्रवालले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारका साथै विशिष्ट र अन्य अतिथिले शुभकामना तथा बधाइ दिएका थिए ।

कार्यक्रममा दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल (साह), नेपाल राष्ट्रिय मारवाडी युवा संघका संस्थापक अध्यक्ष सुरेन्द्र गोल्छालगायत उपस्थित थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक समाज दुहबीका टेकचन्द अग्रवाल र जानकीदेवी तोदीलाई सम्मान गरिएको थियो ।