बिर्तामोडः झापाको अर्जुनधारास्थित जलेश्वरधाममा सञ्चालित भविष्य पुराण सुन्नका लागि दैनिक १५ हजारभन्दा बढी भक्तजन आउने गरेका छन् ।

अर्जुनधाराले महाभारतकालीन इतिहास बोकेको विश्वास गरिन्छ । जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र भारतको सिक्किम, दार्जिलिङलगायतका स्थानबाट भक्तजन आउने गरेको पुराण आयोजकले जनाएको छ ।

२०४० सालदेखि सो धाममा प्रत्येक वर्ष बालाचर्तुदशीमा समापन हुने गरी भविष्य पुराण, लगाउने गरिएको आयोजकले जनाएको छ । पुराण ९ दिनसम्म चल्ने धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताए । उनका अनुसार धामका बारेमा विद्युतीय जानकारी लिन चाहने ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० र अन्यलाई १ सय रुपैयाँ लिने गरिएको छ ।

सो महायज्ञमा दैनिक गङ्गा आरती हुने बताइएको छ । पं दिनेश ढुङ्गानाबाट कथावाचन भइरहेको सो पुराणमा दैनिक १५ हजारको हाराहारीमा भक्तजन उपस्थित हुने गरेको बताइएको छ ।