उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १० मा आइतबार राती जङ्गली हात्ती गाउँ पसेर अन्नबाली नष्ट गरेको छ ।
नजिकै रहेको जङ्गलबाट निस्केको ४ वटा हात्तीको समूहले सोही स्थान बस्ने टीकाराम दाहाल र विक्रम दाहालको घरको भुइँतला भत्काएको थियो । घरभित्र रहेको चामल १ क्वीन्टल, मकै ३० किलो र चोकर ५० किलो हात्तीले नष्ट गरेको बताइएको छ ।
हात्तीको सो समूहलाई प्रहरी र स्थानीयवासीको सहयोगमा सिर्जना सामुदायिक वनतर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।