इटहरीः जनचेतनामूलक छोटो नेपाली चलचित्र ‘उद्देश्य’ को पहिलो भाग सार्वजनिक भएको छ ।

गत शनिबार वराह भिडियोग्राफी युट्युब च्यानलमा सार्वजनिक भएको सो चलचित्रमा शिव भट्टराई, भावना भट्टराई, मनोज बिष्ट, करिष्मा क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

होमप्रसाद भट्टराईले सो चलचित्रको कथा लेख्नुका साथै निर्देशन गरेका छन् भने छायाङ्कन र सम्पादन खड्ग लिम्बूले गरेका छन् ।
जनचेतना फैलाउन सो चलचित्र तयार पारिएको बताइएको छ । समाजमा बारम्बार दोहोरिने घटनालाई चलचित्रमा समेटिएको निर्देशक भट्टराईले बताए । चलचित्रको सम्पूर्ण छायाङ्कन वराहक्षेत्र नगरपालिकामा गरिएको बताइएको छ ।