तस्बिरः विशप ताम्राकार

इटहरीः हृदयघातका कारण निधन भएका इटहरीका पुराना नेता केवलमा विष्टकाे अाज अन्त्येष्टी गरिएकाे छ ।  ९१ वर्षिय विष्टकाे इटहरीस्थित बुढिगंगा मुक्तिघाटमा  हिन्दुपरम्पराअनुसार अन्त्येष्टी गरिएकाे हाे ।

विष्टकाे हिजाे साँझ इटहरी ९ स्थित घरमै निधन भएकाे हाे । उनि केहि समय अघि देखि बिरामी परि घरमै रहेका थिए ।

उनि इटहरीका पुराना कम्यूनिष्ट नेता हुन् । उनका ३ छाेरा रहेका छन् । उनि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केसवकुमार विष्टका बुवासमेत हुन ।

इटहरीका पुरानावासिन्दा मध्येका उनि सामाजिक गतिविधिमा सक्रिय थिए ।

राष्ट्रिय खेलकुद परिषदले शाेक व्यक्त गरेकाे छ । परिषदका सदस्य सचिव विष्ट पितृशाेकमा परेकाे भन्दै विज्ञप्ति जारी गरि शाेकशन्तप्त परिवारजनप्रति धैर्यधारण व्यक्त गर्न अाग्रह गरिएकाे परिषदका प्रेस सल्लाहकार राेहित दाहालले प्रदेश पाेर्टललार्इ जानकारी दिएका छन् ।