इटहरीः प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बिपद् जोखिम न्यूनीकरण अभियानमा सबैको समन्वय आवश्यक रहेको बताएका छन् । इटहरीमा प्रदेश आन्तरिक मामिला मन्त्रालयले शुरु गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्कीले बिपद व्यवस्थापनमा तीन तहकै सरकारको समन्वय आवश्यक रहेको बताए ।

‘बिपद भनेको भेग विषय हो । एक्लै न्यूनीकरण गर्न सकिँदैन’, कार्कीले भने, ‘यो स्थानीय सरकारको, यो प्रदेशको, यो केन्द्रको भन्ने होइन । बिपद जसले देखे पनि न्यूनीकरण गर्न उन्मुख हुनु पर्दछ ।’

तालीममा जिल्लाका सरकारी कार्यालय तथा स्थानीय तहका प्रतिनिधि र सुरक्षाकर्मी सहभागी भएका छन् ।